खाद्यान्न सम्बन्धी बोलपत्र आव्हान गरिएको सूचना

खाद्यान्न सम्बन्धी बोलपत्र आव्हान गरिएको सूचना

August 05, 2026 ABC Nepal Informatics

खाद्यान्न सम्बन्धी बोलपत्र आव्हान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८३/०४/१९)

 

यस संस्थालाई आ.व ०८३।०८४ को लागि आवश्यक पर्ने खाद्यान उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनीबाट सिलबन्दी बोलपत्रको माध्यमबाट आपूर्ति गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र यस संस्थाको कार्यालयमा सम्पर्क गरि २०८३।०५।१९ गते दिनको ४:०० बजे भित्र यस संस्थाको कार्यालयमा बुझाउन पर्ने छ। रितपूर्वक प्राप्त हुन आएको शिलबन्दी बोलपत्र प्रकाशित भएको अन्तिम मितिको भोलिपल्ट खोलिने छ ।

 

निवेदनसाथ पेश गर्नुपर्ने कागजातहरुः

 

  • फर्म वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • स्थायी लेखा . मुल्य अभिवृदि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
  • . २०८१।०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी

 

शर्तहरुः

  • बोलपत्रसाथ पेश गर्नुपर्ने पालना गर्ने कुराहरु बोलपत्र फारममा उल्लेख गरिने सोही अनुसार बोलपत्र फारम पेश गर्नुपर्नेछ
  • बोलपत्र पेश गर्दा खामको बाहिर यस संस्थाको नाम सम्बोधन गरि बोलपत्रको विवरण, तथा टेण्डर नं. खुलाई शिलबन्दी गरी पेश गर्नुपर्दछ
  • रित नपुगेको म्याद नाघी पेश हुन आएको निवेदनलाई मान्यता दिइने छैन
  • बोलपत्रदाताले आफुले कबुल गरेको प्रत्येक सामाग्रीहरुको मु. कर बाहेकको दररेटलाई अंक अक्षर दुबैमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ। अंक अक्षरमा लेखेको दररेट फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ।
  • प्राप्त निवेदनहरु स्वीकार गर्ने वा नगर्ने अधिकार यस संस्थामा निहित रहनेछ
  • सम्पर्कको लागि फोन वा इमेल अनिवार्य रुपले निवेदनमा उल्लेख गर्नुपर्छ
  • पूर्ण बोलपत्रलाई मात्र आधिकारिक मान्यता दिइनेछ

 

थप जानकारीका लागिः abcnepal.ktm@gmail.com

  abc.thome@gmail.com मा पनि email गर्न सकिनेछ

 

बी सी नेपाल केन्द्रीय कार्यालय,काठमाण्डाैं

फोनं.  ०१५१४९८४६

         ०१५१४९७७२